विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरीको स्थान याथास्थितिमा रहेको छ ।
फोब्र्सले जारी गरेको अर्बपतिहरूको सूचीमा चौधरी एक हजार ७६४ औँ स्थानमा रहेका छन् । चौधरीको सम्पत्ति पछिल्लो दुई वर्षमा स्थिर देखिएको छ ।
सन् २०२३ र २०२४ मा चौधरीको सम्पत्ति १.८ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२२ मा १.५ अर्ब सम्पत्ति अमेरिकी डलर रहेकोमा त्यसअघि सन् २०२० र २०२१ मा १.४ अर्ब रहेको थियो ।