पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको करिब २ हजार बोरा चिनी सडेको छ । बरामद गरिएको करिब ३ वर्षपछि खान अयोग्य रहेको भन्दै नष्ट गर्न लागिएको हो ।
५० किलोका हिसाबले २ हजार बोरामा कुल चिनी १ लाख किलो हुन आउँछ भने त्यसको बजारमूल्य करिब १ करोड हुन्छ ।सीमानाकावाट विभिन्न समयमा प्रहरीले बरामद गरेको चिनि तत्काल लिलामी नगरेका कारण चिनी गोदाममै सडेको हो । ०७७/०७८ साल असारमा बरामद गरिएको चिनी तत्काल लिलाम नगरेका कारण गोमममै सडेको कर्मचारीको भनाइ छ ।
सडेर खान नमिल्ने भएका कारण अब खाल्डो खनेर पुरिने भएको छ । बरामद भएको करिब ३ वर्षपछि चिनी खान हुने नहुने भनेर गुणस्तर विभागमा परिक्षणका लागि पठाइएको कर्मचारीको भनाइ छ ।
गुणस्तर कार्यालयले चिनी बिग्रिसकेको भनेका कारण नष्ट गर्ने प्रक्रियामा लागिएको महेशपुर भन्सारका प्रमुख बुद्धिबहादुर चुडालले बताए । पहिले नै व्यवस्थापनि नगरेका कारण यस्तो समस्या देखिएको उनले बताए ।