Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

समावेशी आयोगमा अध्यक्ष र महिला आयोगमा सदस्य माग

संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगका लागि दुई जनाको आवेदन माग गरेको छ ।

आज एक सूचना जारी गर्दै परिषद्ले समावेशी आयोगका लागि अध्यक्ष र महिला आयोगमा रिक्त रहेको सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना आगामी वैशाख २ गतेदेखि अवकासमा जाँदै छन् ।

बैशाख २ देखि उक्त पद रिक्त हुने भएकाले अध्यक्षका लागि परिषद्ले दरखास्त माग गरेको हो । महिला आयोगमा एक सदस्य पद रिक्त छ। परिषद्ले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई आवश्यक आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

[email protected] मा आवेदन पठाउन सक्नेछन् ।