प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
समितिको निर्णय अनुसार १० दिनभित्र जोकोही नेपाली नागरिकले उजुरी दिन सक्ने छन् । आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय ततथ्याङ्क कार्यालयका सचिव रायालाई आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।