Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिंहदरबार अगाडि रुसी सेनामा बेपत्ताका परिवारको प्रदर्शन, १६ जना पक्राउ

रुसी सेनामा भर्ती भएर फसेका र बेपत्ता भएका नेपाली परिवार तथा आफन्तले आज सोमबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।

रुसी सेनामा भर्ना भएका परिवार र आफन्तहरूले सोमबार बिहान उद्दार, राहत र बेपत्ताहरूको अवस्थाबारे जानकारी गराउन माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् । 

आफन्तको उद्दारको माग गर्दै प्रदर्शनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 उनीहरूले बेपत्ता भएकाहरूलाई स्वदेश फिर्ता गराइ दिन र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।