Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

प्रतिलिटर चार रुपैयाँले बढ‍्यो पेट्रोलको मूल्य, अब कति पर्छ?

नेपाल आयल निगमले बढाएको छ । आज रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य नुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ ।

मम.jpeg

 

डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।

निगमका अनुसार एलपी ग्यासमा निगमलाई प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा रहेको छ ।