Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

क्यानडा पठाइदिने भन्दै रु ४० लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।


उनले भने, “बेरोजगार युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट रु ४० लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितमध्येका एकजना लेखनाथ भुर्तेलले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज सुदेश सुनुवार मुखियालाई काठमाडौँ बौद्धबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।”


मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी पोखरेलले बताए ।