Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

साताको पहिलो कारोबार दिन १७ अंकले घट्यो नेप्से

यो साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १७.०१ अंकले घटेको छ । आइतबार सार्वजनिक बिदाका कारण बजार बन्द थियो ।

नेप्से सोमबार ०.८३ प्रतिशतले घटेर २०३१.५५ को विन्दुमा झरेको छ । यस दिन ३०४ धितोपत्रका ७० लाख ६१ हजार १२ कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँमा किनेबेच भयो । 

१३ उपसमूहमध्ये चारवटाको समूहगत सूचक बढेको छ । नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।