Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सन्तान स्वागतको तयारीमा सलोन र करिश्मा (फोटोफिचर)

लामो समयदेखिको प्रेम सम्बन्धलाई गत वर्षको मंसिरमा विवाहमा परिणत गरे अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा ‘पेरेन्टहुड’ सेलिब्रेसन गरिरहेका छन् ।

432773786_979884113505298_4575146234820036110_n.jpg

पहिलो सन्तान स्वागतको तयारीमा जुटेका उनीहरुले सामाजिक सञ्जालबाट रमाइला पल सार्वजनिक गरिरहेको देख्न सकिन्छ ।चिकित्सकले वैशाख २७ गतेलाई डेलिभरी डेट तोकेको सलोनको भनाइ छ । यो लाइफटाइम खुसीलाई लिएर यी दुईजना यतिबेला प्रफुल्ल पनि छन् । बुधबार उनीहरुले ‘प्रेग्नेन्सी’ फोटोसुट पनि गरे ।

432779063_979884110171965_3867406276241030668_n.jpg

यी रोमान्टिक तस्वीरमा करिश्माको ‘बेबी बम्प’ देख्न सकिन्छ । जिन्स पहिरनमा यी दुई जोडी रोमान्टिक र कुल देखिएका छन् । फोटो सेयर गर्दै सलोन लेख्छन्, ‘नयाँ अध्याय सुरु ।’

432787867_979884083505301_8716165129968528885_n.jpg

गत मंसिर १२ गते प्रेग्नेन्सी घोषणा गर्दै सलोन र करिश्माले हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए । प्रेगनेन्सीको भिडियो एक्सरे रिपोर्ट पनि उनीहरुले सार्वजनिक गरेका थिए ।

432782625_979884060171970_3305546552736250253_n.jpg

 

तस्वीरहरु