Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नवनियुक्त मन्त्रीहरुले लिए शपथ (फोटोफिचर)

सरकारका नव नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् । सरकारले बुधबार नै तीन जना उपप्रधानान्त्री बनाइसकेको छ । तीमध्ये नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री बनेका छन् । यसअघि गृहमन्त्री रहेका श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रीको शपथ लिएका हुन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । गत वर्ष एक महिनामै गृह मन्त्रालयबाट बाहिरिएका लामिछानेको गृहमा यो दोस्रो पुनरागमन हो । यी मन्त्रीहरूसँगै बुधबार १९ जना मन्त्रीले शपथ लिए । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने मन्त्रीहरू पठाएको छैन ।
यस्ता छन् नव नियुक्तमन्त्री

एमाले

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

२. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री

३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री

५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७. हरि उप्रेती, रक्षा मन्त्री

८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा (माओवादी केन्द्र)

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२. वर्षमान पुन, अर्थ मन्त्री

३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री

२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

नेकपा एकीकृत समाजवादी

१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

२. धनबहादुर बुढा, सहरी विकास मन्त्री

WhatsApp Image 2024-03-06 at 20.12.12_6d053e68.jpg

WhatsApp Image 2024-03-06 at 20.12.09_82714848.jpg

WhatsApp Image 2024-03-06 at 20.12.10_a059c349.jpg