Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज:

नामिबिया र नेदरल्याण्ड्स खेल्दै, फाइनल पुग्ने टोलीको टुंगो लाग्ने

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको खेलमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । यसअघि नै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । नेपाल शनिबार नेदरल्याण्ड्सलाई ६ विकेटले हराएर फाइनलमा पुगेको हो । आजको खेल जित्ने टिमसँग नेपालले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र नेदरल्याण्ड्सको समान ४–४ अंक छ । रन रेटका आधारमा नामिबिया अंक तालिकाको पुछारमा छ । आजको खेल हेर्नका लागि क्यानले निःशुल्क गरिएको छ ।