Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

उदाउँदो रविको अस्ताउँदो छवि!

आगामी निर्वाचनहरुमा अझ हैसियत बढाउने चर्चा भैरहेका बेला उसको नेतृत्वमाथि अनेक नैतिक प्रश्नहरु उठिरहेको छ। तर रास्वपा भने आफ्नै नेतृत्वलाई विवादहरु निरुपण नहुञ्जेलसम्म पनि पदबाट हटाएर निस्क्रिय राख्न हिम्मत गरिरहेको छैन।

काठमाडौं । कुनै राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ या त्यो नेता आवद्ध दलको के भूमिका हुन्छ भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उठेको छ । नेतृत्वमाथि नै सार्वजनिक रुपमा नैतिक जवाफदेहिताको प्रश्न उठेपछि स्वाभाविक छ कि दल त्यसबाट पन्छिन सम्भव छैन ।

उदीयमान दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकपछि अर्को गम्भीर प्रकृतिका नैतिक प्रश्नले घेरिँदै आएका छन्। उनको स्पष्टीकरणले कुनैपनि प्रश्नको सही जवाफ नपुगेर विवाद जारी छ । लामिछाने मात्र होइन उनकै एकजना सहयोगी आर्थिक अपचलनको आरोप लागेपछि पदमुक्त भैसकेका छन्। सभापति लामिछानेकै अध्यक्षतामा बसेको रास्वपाको बैठकले नै उनलाई सबै पदहरुबाट हटाएको थियो । तर सभापति लामिछाने उनीमाथि लागेका आरोपहरुको चित्तबुझ्दो जवाफ समेत दिन असमर्थ भैरहँदा पनि पदमा बहाल नै छन् ।

Rabi Lamichhane(WM).jpg

सहकारीको रकम अपचलन सम्बन्धी विवादले घेरिएका लामिछानेले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर आफूलाई दुरुपयोग गरिएको भन्ने अर्थ लाग्नेगरी स्पष्टीकरण दिने प्रयाश गरे। आफ्नो दलका शीर्ष नेताहरुलाई दायाँबाँया राखेर सम्वाददाताहरुसँग उनले सञ्चारमाध्यमहरु नै आफूलाई ठग जस्तो देखाउन सक्रिय रहेको आरोप लगाए ।

राजनीतिमा प्रवेश गर्दा रास्वपा चुनेका बैंकर अनिल केशरी शाह र नेपाली कांग्रेस परित्याग गरेर रास्वपाबाट प्रतिनिधिसभा सदस्य जितेका अर्थशास्त्रीको स्वर्णीम वाग्ले सभापति लामिछानेको स्पष्टीकरणका साक्षी बसेका थिए।

पछिल्ला निर्वाचनहरुमा लोकप्रिय मत पाएर जितेका सांसद लामिछानेले उप सहित गृह मन्त्रालयको समेत छोटो समय नेतृत्व गरिसकेका छन्। त्यहीबेला उनीमाथि राहदानी दुरुपयोगको आरोप लागेको थियो। अहिले उनी ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि) का तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सहकारीको रकम अपचलनको आरोप खेपिरहेका छन् ।

स्थापनाकालमै निकै चर्चा कमाएको ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदा बैंक खातामा एक करोड रुपैयाँ जम्मा भएको आरोपमा केन्द्रित भएर सभापति लामिछानेले स्पष्टीकरण दिएका छन् ।
राजनीतिमा प्रवेश गर्दा रास्वपा चुनेका बैंकर अनिल केशरी शाह र नेपाली कांग्रेस परित्याग गरेर रास्वपाबाट प्रतिनिधिसभा सदस्य जितेका अर्थशास्त्रीको स्वर्णीम वाग्ले सभापति लामिछानेको स्पष्टीकरणका साक्षी बसेका थिए।

टेलिभिजनमा रहँदा खोजमूलक समाचार प्रस्तोताको नाम कमाएका लामिछानेले राजनीति, व्यवसाय र अरु विभिन्न क्षेत्रका मानिसहरुमाथि नैतिक प्रश्न उठाउँदै आएका थिए। वैदेशिक रोजगारीका समस्यासँग जोडिएका बिषयहरु प्रशार गरेर सर्वसाधारणको मन जितेका उनले त्यसकै आधारमा राजनीतिक जग निर्माण गरेका थिए। निर्वाचन जित्न उनलाई त्यही भूमिकाले साथ दिएकोमा कुनै शंका छैन। तर आज उनैमाथि कतिपय उस्तै प्रकृतिका प्रश्न उठेका छन्, जसको ठोस जवाफ दिन लामिछानेलाई निकै कठिनाई परिरहेको देखिएको छ ।

Web Post (2).jpg

यतिबेला सभापति लामिछानेमाथि उनको बैंक खातामा अज्ञात स्रोतबाट एक करोड रुपैयाँ जम्मा भएको आरोप छ । यो आरोप खण्डन गर्न बैंकर शाहको सहयोग लिएका उनले ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक रहँदा सहकारीबाट लिएको ऋणलाई सहकारीको बदमासी जस्ता विषयमा बहस गर्न आफ्नै उपसभापति अर्थशास्त्री वाग्लेको तर्कको सहारा लिनुपरिरहेको देखिन्छ ।

गोर्खा मिडिया नेटवर्कले सहकारी संस्थाबाट लिएको ऋण र सभापति लामिछानेको संलग्नताबारे नेपाल प्रहरीको सिआईबीले पनि अनुसन्धान सुरु गरिसकेको छ । सभापति लामिछानेको खाताको ट्रान्जेक्शन क्लियर भएनभएको पुष्टि पनि अनुसन्धानबाट नै हुनेछ ।  

सम्वाददाताहरुसँग प्रश्नोत्तरमा सहभागी हुँदा  सभापति लामिछाने आफ्नो बचाउ आफैं गर्ने प्रयत्न पनि नगरेका होइनन्। आफ्नो खातामा एक करोड रुपैयाँ कसरी जम्मा भयो भनेर अनभिज्ञता प्रकट गर्दै उनले रकम जम्मा नभएको प्रमाणहरू दिन अनेक तर्क पनि गरिहेरे। यसको सफाई दिन उनले पत्रकार सम्मेलन कक्षबाटै सम्बन्धित बैङ्क र शाखाका प्रबन्धकलाई फोन गरेर समेत आफूले प्राप्त गरेको पत्रको आधिकारिकता सार्वजनिक रूपमा पुष्टि गर्ने प्रयत्न गरे। त्यो फोन सम्वाद सुनाएर उनले पत्रकारहरुलाई थप स्पष्ट पार्ने प्रयाश पनि गरेका थिए ।

गोर्खा मिडिया नेटवर्कले सहकारी संस्थाबाट लिएको ऋण र सभापति लामिछानेको संलग्नताबारे नेपाल प्रहरीको सिआईबीले पनि अनुसन्धान सुरु गरिसकेको छ । सभापति लामिछानेको खाताको ट्रान्जेक्शन क्लियर भएनभएको पुष्टि पनि अनुसन्धानबाट नै हुनेछ ।  

रास्वपा दलले भने सभापति लामिछानेको यो विवादमा आफूलाई अनिर्णयको बन्दी बनाएको देखिन्छ। अरुतिर नैतिक प्रश्न उठाउन अग्रणी देखिन खोजेको यो दलले गएको निर्वाचनमा लोकप्रिय मतले उल्लेख्य संख्यामा प्रतिनिधि जिताएर प्रतिनिधि सभामा ल्याएको थियो। पुराना ठूला दललाई झस्काउने गरी सांसद जितेको यो दलले आगामी निर्वाचनहरुमा अझ हैसियत बढाउने चर्चा भैरहेका बेला उसको नेतृत्वमाथि अनेक नैतिक प्रश्नहरु उठिरहेको छ। तर रास्वपा भने आफ्नै नेतृत्वलाई विवादहरु निरुपण नहुञ्जेलसम्म पनि पदबाट हटाएर निस्क्रिय राख्न हिम्मत गरिरहेको छैन।

Web Post (2).jpg

यसबाट त्यो दलकै भूमिका प्रश्नको घेरामा पर्न थालेको देखिन्छ। द्वैध चरीत्र प्रदर्शन गरेको जस्तो भूमिकाले स्वयं रास्वापाको राजनीतिक छवि धुमिल बनाउँदै लाने सम्भावना देखिन्छ। ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने चर्चित लोकोक्ति जस्तो भूमिकाबाट बच्न नसके उदीयमान दल रास्वपाको राजनीतिक शक्ति स्खलनतिर नबढ्ला भन्न सकिँदैन। सभापति रवि लामिछानेलाई जस्तासुकै विवादमा परेपनि काँधमा बोकेर हिँडिरहे रास्वपाको गति कस्तो हुने हो भनेर सर्वत्र टिकाटिप्पणी भैरहेको देखिन्छ। यसले अन्तत समग्र राजनीतिक क्षेत्रकै विसंगतिमा मलजल समेत गर्नेछ भनेर राजनीति विश्लेषकहरुले चिन्ता प्रकट गरिरहेको पाइन्छ ।

आफूमाथि लागेका तमाम आरोपहरुबाट क्लिनचिट नपाएसम्म रास्वपा सभापति रवि लामिछानेको राजनीतिक अवस्था ‘उदाउँदो रविको अस्ताउँदो छवि’ जस्तो हुनपुगेको छ भन्दा अन्यथा हुने देखिँदैन । 

यो पनि हेर्नुहोस् -