Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पत्रकार सम्मेलन गर्ने तयारीमा रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् । सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लागेका आरोपको खण्डन गर्न उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

लामिछानेमाथि ग्यालेक्सी टेलिभिजनमा हुँदा जिवी राई अध्यक्ष रहेका विभिन्न सहकारीको रकम हिनामिना संलग्न रहेको आरोप लाग्दै आएको छ ।

लामिछानेले आफूमाथि लागेका आरोपको एकमुष्ट जवाफ दिन पत्रकार सम्मेलनको तयारी गरेको बताएका छन् ।