Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको छ: महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको बताएका छन् ।

१७ औ बलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक बुद्धिजीवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको बताएका हुन् । उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेशी समुदायमाथि दमन गर्ने गरेको जिकिर गरे । 

अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेशमा कम बजेट बिनियोजन गरेको धारणा राखे । उनले मधेशी समुदायको हक अधिकार स्थापित गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गरे ।  २०६३ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।

त्यसैको सम्झनामा मधेसकेन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।