बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

ग्रामीण पर्यटनको अभ्यास गरिरहेको इलाम: अन्तुमा रमाउने बढ्दै

ग्रामीण पर्यटनको अभ्यास गरिरहेको इलाम: अन्तुमा रमाउने बढ्दै

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • ग्रामीण पर्यटनको अभ्यास गरिरहेको इलाम: अन्तुमा रमाउने बढ्दै

    विराटनगर । ग्रामीण पर्यटनको अभ्यास गरिरहेको इलामको आकर्षक गन्तव्य अन्तुका बासिन्दा एक दशकभन्दा बढी समयदेखि स्वदेशी र विदेशी पर्यटक भित्र्याउन लागेका छन् । केही वर्ष अन्तु महोत्सवका शृङ्खला पार गरेपछि पछिल्लो समयमा पर्यटकका लागि यो प्रमुख गन्तव्यको सूचीमा पर्न थालेको छ ।

    चिया बगानको बीचमा बनाइएका कटेज र होटलहरुले गर्दा पछिल्लो समय अन्तु पोखरी आसपास बसेर रात्रिकालीन सौन्दर्यको मज्जा लिन समेत पर्यटकहरुको भीड लाग्ने गरेको छ । अन्तुमा छिमेकी जिल्ला तथा भारत, भुटानसहित धेरै देशबाट पर्यटकहरु आउने गर्छन् । होमस्टे, चियावारीको रमाइलोपना तथा अन्तु पोखरीको मनमोहक दृश्यमा मन भुलाउन पनि पर्यटकहरु आउने गरेको द जेड लेक कटेजका सञ्चालक बसन्त घिमिरे बताउँछन् । 

    images
    images
    images

    अन्तु सुर्योदयको दृश्य हेर्न मात्र पर्यटक आउँदैनन् लोपन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोकन र अध्यायनका लागि पनि उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन् ।  होमस्टेबाट शुरु भएको अन्तुको पर्यटन यात्रा अहिले ठूला होटल र कटेजहरुमा परिणत हुँदै छ । कतिपय ठूला होटल निर्माणका क्रममा छन् भने करोडभन्दा बढी लगानी गरेर कटेज खोल्ने क्रम जारी छ ।

    images

    इलामको माइजोगमाई ४ का युवा सुरेश भट्टराई जहिले अन्तु पुग्दा पनि भरिभराउ देख्ने गरेको बताउँछन् । आठ बर्षसम्म स्थानीय विद्यालयमा पढाएका राम चांैलागाई एक दशक नबित्दै  अन्तुले पर्यटन पूर्वाधारमा छलाङ मारेको बताउँछन् । उनका अनुसार बर्षमा चिया बोक्ने घोडा व्यवसायीबाहेक कोही नभेटिने अन्तु पोखरी छेउको चोक अहिले बाह्रै महिनाजसो चहलपहलमय हुने गरेको छ ।

    अन्तुमा दर्जनौं होमस्टे, होटल र कटेज सञ्चालनमा रहेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए । अन्तुमा हरेक रात तीन हजार ५ सय पाहुना सहज तरिकाले बस्न सक्ने घिमिरेले बताए । सूर्योदयको मनमोहक दृश्यसँगै यहाँ सञ्चालित होमस्टेवाट  पारिवारिक वातावरणमा समय बिताउन पनि उपयुक्त रहेको अन्तु क्षेत्रका वासिन्दाको भनाइ छ ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार