आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । टस हारेर घरेलु टोली भारतले पहिले ब्याटिङ् गरेको थियो ।
नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भयो । भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे ।
कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्। भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछी खेलमा संघर्ष गरेको थियो ।
अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए ।
त्यसपछि कुनै पनि भारतिय ब्याटरले राम्रो गर्न सकेनन् । भारतले १० ओभरपछी अर्को बाउन्डी ९७ बल पछी प्रहार गरेको थियो । प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए । चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेका थिए ।
प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो । रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए ।
हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् । विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो । भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारतले हारेको थियो । अष्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछ ।
अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०११ मा उपाधी जितेको थियो । लिगमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।