Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विश्वकप क्रिकेट फाइनल: १५ ओभरमा भारतको १ सय रन पूरा

खराब सुरुवात गरेको भारतले एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा १५ ओभरमा १०० रन कटाएको छ । भारतले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर १०० रन कटाएको हो ।

भारतका लागि विराट कोहली र केएल राहुल क्रिजमा छन् । यसअघि आक्रामक सुरुवात दिलाएका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भएपछि भारतको पाली सुस्त भएको छ । कोहली ३५ र राहुल १२ रन बनाएर खेलिरहेका छन् । यसअघि आउट भएका शुभमान गिल र श्रेयास आयरले समान ४र४ रन मात्रै बनाउन सके । अष्ट्रेलियाका प्याट कुमिन्स, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका छन् ।

पावरप्लेमा तीन विकेट गुमेपछि भारत केही दबाबमा खेलिरहेको छ । अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरिरहेको भारत जारी प्रतियोगितामा अपराजित छ ।