आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाले टस जितेर घरेलु टोली भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले फिल्डिङको निर्णय गरे । घरेलु टिमलाई ब्याटिङको निम्तो दिएको हो।
दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् । विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।
भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारतले हारेको थियो । अष्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछ ।
अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०११ मा उपाधी जितेको थियो । लिगमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।
यो पनि पढ्नुहोस् -