Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विराट कोहली बने एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान

विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्धको खेलमा विराट कोहलीले उत्कृष्ट शतक प्रहार गरेका छन् । विराट कोहली अब एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान बनेका छन् ।

कोहलीले ४९ शतक प्रहार गर्ने सचिन तेन्दुलकरको कीर्तिमान तोडे । कोहलीले २७९ औं इनिङ्समा आफ्नो ५० ओडीआई शतक पूरा गरेका छन् ।

कोहलीले यो इनिङ्समा निकै विशेष कीर्तिमान बनाए । कोहली अब विश्वकपको एउटै संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । कोहलीले ८० रन बनाएसँगै सचिनको कीर्तिमान तोडे ।

सन् २००३ को विश्वकपमा सचिनले ६७३ रन बनाएका थिए । कोहली विश्वकपको एउटै सिजनमा सबैभन्दा बढी ५० भन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् ।

यस मामिलामा पनि कोहलीले सन् २००३ सिजनमा ७ पटक ५० वा सोभन्दा बढी रन बनाउने सचिन तेन्दुलकरको कीर्तिमान तोडे ।