Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सचिनको रेकर्ड तोड्दै विराटले बनाए रेकर्ड नै रेकर्ड

विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्धको खेलमा विराट कोहलीले उत्कृष्ट शतक प्रहार गरेका छन् । यो शतकसँगै विराट कोहली अब एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान बनेका छन् ।

कोहलीले ४९ शतक प्रहार गर्ने सचिन तेन्दुलकरको कीर्तिमान तोडे । कोहलीले २७९ औं इनिङ्समा आफ्नो ५० ओडीआई शतक पूरा गरेका छन् । उनले १ सय ६ बलमा शतक पूरा गरेका हुन् । कोहलीको ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् ।

New Project (6).png

कोहलीले यो इनिङ्समा निकै विशेष कीर्तिमान बनाए । कोहली अब विश्वकपको एउटै संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । कोहलीले ८० रन बनाएसँगै सचिनको कीर्तिमान तोडे । सन् २००३ को विश्वकपमा सचिनले ६७३ रन बनाएका थिए । कोहली विश्वकपको एउटै सिजनमा सबैभन्दा बढी ५० भन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यस मामिलामा पनि कोहलीले सन् २००३ सिजनमा ७ पटक ५० वा सोभन्दा बढी रन बनाउने सचिन तेन्दुलकरको कीर्तिमान तोडे । 

कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् । ओडिआईमा सचिनपछी रोहित शर्माले ३१ औ शतक हानेका छन् ।‍ युवा ओपनर शुभमन गिल ६५ बलमा ८ चौका र ३ छक्कासहित ७९ रनमा रिटाउर्ड हर्ट भए । उनलाई खेल्न केही गाह्रो भएपछि पेभेलियन फर्केका थिए ।

गिल रिटायर्ड हर्ट भएपछि ब्याटिङ गर्न आएका श्रेयसले उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।