आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्व ब्याटिङ् गरिरहेको नेपालका आशिफ शेखले अर्धशतक बनाएका छन् ।
उनले ३९ बलमा ५० रन बनाएका हुन् । १३ ओभरमा ९३ रन बनाएर २ विकेट गुमाएको छ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको हो ।