Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालले दोस्रो विकेट गुमायो, गुल्सन झा २२ रन बनाएर आउट

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्व ब्याटिङ् गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका गुल्सन झा २४ बलमा २२ रन बनाएर आउट भए ।  नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ८ बल खेलेर ११ रन बनाइ आउट भएका हुन्। नेपालले १० ओभरमा ६९ रन बनाएर २ विकेट गुमाएको छ। 

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको हो ।