Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानले घरेलु टिम नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो । 

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।

ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।