टी-२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको खेलमा मंगलबार नेपालले मलेसियाविरुद्व नेपाली ब्यास्टम्यानले बिष्पोटक ब्याटिङ् गरे । मंगलबार भएको खेलमा नेपालले मलेसियालाई हराउँदा नेपाली ब्याटर कुशल मल्ल प्लेयर अफ द म्याच भए ।
नेपाली चलचित्र दिमाग खराबले प्रायोजन गरेको प्लेयर अफ द म्याच र दिमाग खराब शट अफ द डेको पुरस्कार पनि उनलै पाए । यसअअनुसार उनले नगद ६० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै अर्ना बियरले प्रायोजन गरेको हरेक रनको एक हजार र प्रतिचौका १० हजार तथा प्रतिछक्का २० हजारका दरले पाउने पुरस्कारमा पनि उनले ठूलै रकम हात पारेका छन् ।
उनले मलेसियाविरुद्ध ६५ रन बनाउँदा ६५ हजार, २ चाैका प्रहार गर्दा २० हजार र ७ छक्का प्रहार गर्दा थप १ लाख ४० हजार नगद अर्ना बियरबाट मात्र प्राप्त गरे । यसअनुसार उनले मंगलबारको खेलबाट कुल २ लाख ९५ हजार नगद पुरस्कार जितेका छन् । यो रकममा म्याच फीबापत पाउने रकम जोडिएको छैन ।