Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मलेसियाविरुद्ध कुशल मल्लले पुरा गरे अर्धशतक, नेपाल सेमिफाइनल नजिक

विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पुरा गरेका छन् ।

मल्लले २५ बलमा ६ छक्कासहित अर्धशतक पुरा गरे। उनी अहिले ५३ रनमा खेलिरहेका छन् । नेपालले १४ ओभरमा ३ विकेट गुमाएर एक सय ३४ रन जोडेको छ ।

नेपालले यो खेल जितेमा सेमिफाइनल यात्रा तय गर्नेछ ।