Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी टी-२० विश्वकप छनोट: मलेसियाले नेपाललाई दियो १ सय ६६ रनको लक्ष्य

अविनाश बोहराले लिए ४ विकेट

आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।२० ओभरमा ९ विकेट गुमाउँदै मलेसियाले १६५ रन बनाएको हो । 

ओपनर सयेद अजिजको अर्धशतकप्रेरित मलेसियाले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालसामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

मंगलबार अजिजले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रनको योगफल खडा गर्यो । 

मलेसियाका लागि सैयद अजिजले ६८, जुबादी जुल्किफ्लेले २४, सर्विन मुनियान्दे र विजय उन्नीले १३ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहराले ४, रोहित पौडेल, सन्दीप लामिछाने र गुल्सन झाले १/१ विकेट लिए ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसिया ओमानसँग पराजित भएको थियो ।