Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सन्दीपले लिए मलेसियाको तेस्रो विकेट

आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियाबीचको खेल जारी रहेको छ ।


जारी खेलमा टस जितेर ब्याटिङ गरिरहेको मलेसियाको तेस्रो विकेट पतन भएको छ ।  सन्दीपले  मलेसियाको तेस्रो विकेट लिएका हुन् ।  मलेसियाले १०.१ ओभरमा ३ विकेट गुमाएर ८५ रन जोडेको छ ।

सोमबारदेखि नेपालमा सुरु भएको टी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ ।

८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुन्छन् ।