Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालले मलेसियासँग टस हार्‍यो, पहिले फिल्डिङ गर्ने

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ। टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेर पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ।

नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ। आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो। नेपाल विजयी हुँदा समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुग्नेछ।