Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लियोनेल मेस्सीले आठौ पटक जिते बालोन डीअर अवार्ड

महिलातर्फ स्पेनकी मिडफिल्डर आइताना बोनमातीलाई

यस बर्षको बालोन डो अरको अवार्ड लियोनेल मेस्सीले जितेका छन्।  फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डीअर अवार्ड मेस्सीले सबैभन्दा बढी आठौ पटक जितेका हुन्।

पेरिसमा सम्पन्न कार्यक्रममा मेस्सीलाई सो अवार्ड दिइएको हो। अर्जेन्टिनालाई विश्वकप जिताएकामेस्सीले म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र पिएसजीका किलीयन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।

हालाण्ड पनि यो अवार्डका प्रमुख दाबेदार थिए। उनले सिटीलाई गत सिजनको प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका थिए। उनी दोस्रो भए भने एम्बाप्पे तेस्रो तथा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने चौथो र सिटीकै रोड्री पाँचौं भएका छन्। महिलातर्फ स्पेनकी मिडफिल्डर आइताना बोनमातीले पहिलो पटक उपाधि जितेकी छन्। 

मेसीले बालोन डो अर अवार्ड यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा जितेका थिए।​ मेसीपछि यो अवार्ड पाँच पटक क्रिस्टियानो रोनाल्डोले जितेका छन्। रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए।