Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भलिबल खेलाडी चोखाललाई नगदसहित सम्मान

राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको क्लबले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी हुन् ।

 अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लबले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो । क्लबका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गरे । चोखाल गण्डकीको टिममा सेटरको भूमिकामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आइका छन् ।

उनले आफ्नो व्यक्तिगततर्फबाट नेप्टेचौरको युवा क्लबलाई दुई थान भलिबलसहित ७२ हजार मूल्य बराबरको खेल सामग्री पनि उपलब्ध गराएका छन्।