Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी टी-२० विश्वकप छनोट: नेपालले सिंगापुरलाई ८ विकेटले हरायो

नेपालमा जारी आईसीसी टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको पहिलो खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रमक ब्याटिङ् गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका हुन । भुर्तेल ४८ बलमा ७४ रन बनाएर आउट भएका थिए।

2.png

यसैगरी नेपालका आशिफ शेखले २७ रोहित पौडेलले ३५ र कुलश मल्लले एक बलमा ६ रन बनाएका छन् । नेपालले १६ ओभर ३ बलमा नै १४७ रन बनाउँदै ८ विकेटको जित निकालेको हो । मल्लले पहिलो बलमा नै छक्का प्रहार गरेका थिए । योसँगै नेपालले विजयी शुरुवात गरेको छ ।  सिंगापुरका अक्षय पुरी र अनन्था कृष्णाले एक/एक लिए । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

सिंगापुरका ओपनर रोहन रंगराजनले ४६ रन बनाए । उनले ३० बलमा नौ चौका र एक छक्का प्रहार गरे ।सिंगापुरले स्कोरबोर्डमा खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । तर, त्यसपछि दोस्रो विकेटका निम्ति रंगराजने सुरेन्द्रन चन्द्रमोहनसँग ५२ रनको साझेदारी गर्दै सिंगापुरको इनिङ्स सम्हालेका थिए । चन्द्रमोहन ६ रनमा पभेलियन फर्किए । आर्यावीर चौधरीले ३७ रन थपे । मनप्रित सिंहले २४ र अक्षय पुरीले १३ रन बनाए । सिंगापुरका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरका तीन ब्याटर ‘डक’ भएका थिए ।नेपालका अभिनाश बोहराले तीन विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र करण केसी समान दुई विकेट लिए ।

1.png

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले अब कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

यो पनि -