Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी ट्वान्टी–२० विश्वकप छनोट: सिंगापुरविरुद्ध ओपनर कुशल भुर्तेलको अर्धशतक

आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका कुशलले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो सातौँ अर्धशतक हो । कुशलसँगै नेपालबाट हाल क्रिजमा आसिफ सेख २४ रन बनाएर खेलिरहेका छन् ।

नेपालले आठ ओभरको समाप्तिमा विकेट नगुमाई ७९ रन बनाएको छ । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।