Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, कसरी हेर्ने नतिजा?

सर्वसाधारणका लागि निष्कासन भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपिओ बाँडफाँड भएको छ । कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कूल २४४ रुपैयाँमा ९० लाख कित्ता आईपिओ विक्रि गरेको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको थियो । उक्त आईपीओ आज दिउँसो २ बजे बाँडफाँड गरिएको हो । योसँगै ९ लाख जनाले १० कित्ताका दरले आईपिओ पाएका छन् । आईपिओको नतिजा कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिन्छ ।