Jun 25 2026

Jun 25 2026 | बिहिवार, आषाढ ११ गते २०८३

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’  जारी गरेका छन् ।
 
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
 
प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो ।