Jun 25 2026

Jun 25 2026 | बिहिवार, आषाढ ११ गते २०८३

'ज्वाला' मेसिनले खाएछ भन्दै ज्वाला संग्रौलाको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलले भोटिङ मेशिनमा आफ्नो नाम 'ज्वाला' हटाइएकोप्रति आपत्ति जनाउदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।

ज्वालाको असली नाम टिका संग्रौला भएपनि उनले आफ्नो नाम ज्वाला संग्रौलाको नामले चिनिने गर्छिन ।

केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी उनले पार्टीको केन्द्रीय समितिमा यहि नाम, महाधिवेशन प्रतिनिधिमा यहि नाम, उम्मेदवार हुदा यहि नाम , तर भोटिङ मेसिन नाम गायब भएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले अरुको त्यस्ता नाम रहेको तर आफ्नो नाम मात्र मेसिनले खाएको टिप्पणी गरेकी छन् । उनले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएको बताएपनि अब मतदान भने सकिएको छ ।