Jun 19 2026

Jun 19 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

सुकुम्बासीहरूले खाना नपाएको विषयमा अर्जुननरसिंह केसीले संसदमा उठाए प्रश्न

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कीर्तिपुरको होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। 

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले ठाउँ ठाउँमा सुकुम्बासीहरू भोकभोकै बस्नुपरेको र बालबालिकहरू विद्यालय जान नपाएको विषयले सरकारको साहसिक कदम दुस्साहसीक रूपमा परिणत भएको बताएका हुन्। 

'कीर्तिपुरको होल्डिङ सेन्टरमा अस्तीमात्रै भएको घटना त्यो अत्यन्त दुःखद मात्रै होइन। यी घटनाक्रमले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ,' उनले भने। 

उनले सरकारको कदमप्रति प्रश्न उठिरहेको बताएका हुन्।