कैलाली-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् ।
खनालले १९ हजार ५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका थिए ।
योसँगै कैलालीका चारै क्षेत्रमा रास्वपाले क्लीन स्वीप गरेको छ । कैलाली-१ बाट कोमल ज्ञवाली, कैलाली-३ बाट जगतप्रसाद जोशी, कैलाली-४ बाट खेमराज कोइराला र कैलाली-५ बाट आनन्द बहादुर चन्द विजयी भएका छन् ।