Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हो।

ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ । महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रंगशालाको लागि आर्थिक अभाव भएपछि रंगशालाको काम रोकिएको थियो । फाउण्डेशनले निर्माण सामाग्रीको करिब १८ करोड रूपैयाँ उधारो रहेको बताएको छ ।