Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ल्यायो ३६५ रुपैयाँको नयाँ बीमा सुविधा

आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ सुरक्षित भव:’ नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ।

आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु भएमा आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

३६५ रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारको क्रममा लाग्ने दुई लाख ३० हजार रुपैयाँसम्मको बीमा दाबी पाइने छ। यसका साथै बिमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुट प्राप्त गर्न सक्ने जनाएको छ।

व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानी, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्च समेटिएको छ।

डिजिटल फाइनान्सियल सर्भिसमार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने भएकाले यो एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए।