शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

सवा २ खर्बले घट्यो बजेटको आकार

सवा २ खर्बले घट्यो बजेटको आकार

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • सवा २ खर्बले घट्यो बजेटको आकार

    अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेटको आकार घटाएका छन् । आज सोमवार बजेटको अर्धवार्षिक समीक्षा गर्दै १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले त्यसको ८७ दशमलव ३८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान रहेको बताएका हुन् । 

    बजेटको अर्धवार्षिक समीक्षामा उनले १५ खर्ब ३० अर्ब ६२ करोड मात्रै खर्च हुने बताए । जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४ दशमलव १३ प्रतिशत मात्रै खर्च हुने र चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा त्यसको ८८ दशमलव ८४ प्रतिशत मात्रै खर्च हुने बताए ।

    वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा त्यसको ८७ दशमलव ३९ प्रतिशत मात्र खर्च हुने उनले अर्धवार्षिक समीक्षाका क्रममा बताएका छन् । सोमवार अर्थमन्त्रालयमा आयोजित एक बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले स्रोत व्यवस्थामा राजश्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ४६ लाख मात्रै उठ्ने संशोधित अनुमान प्रस्तुत गरेका छन् ।

    images

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार