शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

कांग्रेसबाट धोका पायौं, जनयुद्ध दिवस मनाएरै छाड्छौं - प्रधानमन्त्री प्रचण्ड

कांग्रेसबाट धोका पायौं, जनयुद्ध दिवस मनाएरै छाड्छौं - प्रधानमन्त्री प्रचण्ड

पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई कारबाही गर्ने

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • कांग्रेसबाट धोका पायौं, जनयुद्ध दिवस मनाएरै छाड्छौं - प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।

    कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए । केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उनले भने । 

    यस्तै नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रचण्डले १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गरेका हुन् ।

    images

    उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिए । रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अधि बढिने बताए । यस्तै प्रचण्डले अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने पनि बताए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार