शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु

लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु

    संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ । लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत् सिपाही सुवास थापाको १८ माघमा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    दोलखा स्थायी घर भएका सिपाही थापा उक्त गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ ।

    ‘घाइते अवस्थामा फेला पारेर युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको निधन भएको हो’, सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ ।उनको शवलाई नेपाल ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार