Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

एनएलजी इन्स्योरेन्सद्वारा १८औं वार्षिक साधारण सभा आह्वान

एनएलजी इन्स्योरेन्सले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा फागुन ३ गते आम्रपाली ब्यांक्वेट बालुवाटारमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

यस्तै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्तिसंगै निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले बिहीबार माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ बुधबार माघ २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।