बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

मिस युनिभर्सकी नेपाली प्रतिष्पर्धी दीपिकाले भेटिन् एल–साल्भाडोरका राष्ट्रपति

मिस युनिभर्सकी नेपाली प्रतिष्पर्धी दीपिकाले भेटिन् एल–साल्भाडोरका राष्ट्रपति

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • मिस युनिभर्सकी नेपाली प्रतिष्पर्धी दीपिकाले भेटिन् एल–साल्भाडोरका राष्ट्रपति

    मिस युनिभर्सको फिनाले लगत्तै मिस युनिभर्ससकी नेपाली प्रतिष्पर्धी जेन दीपिका गारेटले एल–साल्भाडोरका राष्ट्रपति नायब बुकेलेसँग भेट गरेकी छन् । राष्ट्रपति कार्यालयमा भएको उक्त भेटपछि दीपिकाले इन्स्टाग्रामबाट तस्वीर शेयर गरेकी छन् ।

    मिस युनिभर्समा सहभागी हुने पहिलो ‘प्लस साइज’ मोडलको रुपमा अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला दीपिका र राष्ट्रपति बुकेलेबीच भेट भएको हो । भेटप्रति खुशी व्यक्त गर्दै दीपिकाले आफूले सम्मान महसुस गरिरहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘यो मुलुकमा उपस्थित हुन पाउँदा र राष्ट्रपति महोदयलाई भेट्न पाउँदा सम्मानित महसुस गरिरहेकी छु । साथै, सुन्दर, दयालु र उदार मनका एल–साल्भाडोरका मानिससँग भेट्दा पनि खुशी छु । म यो समृद्ध मुलुक र यसले दर्शाएको प्रेमप्रति कृतज्ञ छु । अर्को भेटसम्म मेरो हृदय तपाईंहरुसँगै छ ।’

    images
    images
    images

    यस वर्षको मिस युनिभर्सको आयोजना एल–साल्भाडोरले गरेको हो । प्रतिस्पर्धाको उद्घाटन गर्दै राष्ट्रपति बुकेलेले मिस युनिभर्सको आयोजना आफ्नो मुलुकका लागि पुनर्जन्म भएको बताएका थिए । नेपाली समयानुसार आइतबार बिहान भएको प्रतिस्पर्धामा नेपाल अन्तिम २० मा समेटिएको थियो । प्रतिस्पर्धाको प्रारम्भिक चरणबाटै नेपालकी प्रतिस्पर्धी दीपिकाको चर्चा भइरहेको थियो ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार