बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

घरदैलोमा रास्वपा, यस्तो छ कारण

घरदैलोमा रास्वपा, यस्तो छ कारण

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • घरदैलोमा रास्वपा, यस्तो छ कारण

     प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको एक वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घरदैलोमा छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभाबाट उदाएको दल रास्वपाका नेताहरु यतिबेला घरदैलो अभियानमा छन् ।

    raswapa.jpgमंसिर २, ३ र ४ गते गत निर्वाचनका उमेदवारहरुलाई फिल्डमा खटाउने केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार अहिले घरघरमा पुगिएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन् । “निर्वाचित सांसद त हुने नै भइहाल्यो । गत निर्वाचनका सबै उमेदवारलाई फिल्डमा खटाउने निर्णय भएको छ । स्वास्थ्यको कारण र विदेशमा रहनुभएकोबाहेक सबै अहिले फिल्डमा छौँ ।”

    images
    images
    images

    raswapa2.jpg

    images

    उनका अनुसार अभियान ४ गतेसम्म गर्ने भनिए पनि भूगोललगायतका कारण लम्बिने देखिएको छ । उनी भोलि मात्रै अभियान सम्पन्न गर्ने तयारीमा छन् ।

    अभियान किन?

    सहमहामन्त्री बुर्लाकोटी चुनाव सकिएको एक वर्षमा विश्वासका लागि धन्यवाद दिनेसहितका उद्देश्य बोकिएको बताउँछन् । उनका अनुसार विशेष गरी अभियानका तीन उद्देश्य छन्– पहिलो, गत निर्वाचनमा दिएको विश्वासका लागि धन्यवाद दिने । दोस्रो, कसरी अघि बढ्ने भन्ने सल्लाह लिने । तेस्रो, काम गर्ने पद्धतिबारे ।

    raswapa3.jpeg

    बुर्लाकोटी चुनावका बेला गरेका प्रतिबद्धतामा आफूहरु प्रतिबद्ध रहेको सन्देश दिन खोजिएको पनि बताउँछन् । “त्यतिबेला हतार हतारमा प्रतिबद्धता निर्माण गर्यौँ । हामीले गरेको प्रतिबद्धतामा प्रतिबद्ध छौैँ भन्ने सन्देश पनि दिन खोजेका हौँ,” उनले बाह्रखरीसँग भने ।

    चुनाव जितेपछि दलहरु फर्कँदैनन् भन्ने गुनासो चिर्नका लागि रास्वपा घरदैलोमा पुगेको नेताहरु बताउँछन् ।

    सरकार बाहिरै बस्न सुझाव

    घरदैलोमा पुगेका रास्वपाका नेतालाई मतदाताले सरकार बाहिरै रहन सुझाएका छन् । सहमहामन्त्री बुर्लाकोटीका अनुसार सरकारमा गए परीक्षण मात्रै हुने अवस्था रहेकाले बाहिरै बसेर काम गर्न मतदाताको सुझाव छ ।

    raswapa4.jpg

    “सरकारमा गएर केही अनुभव लिनुभयो, अब बाहिरै बसेको ठिक छ । अहिले सरकारमा गएर पुरानो दलको ढर्राअनुसार रुपान्तरण गर्न सक्नुहुन्न,” उनी भन्छन्, “तपार्इंहरु टेस्टेड मात्रै हुने हो, सक्सेस हुनुहुन्न, बाहिरै रहनुस् भन्ने सुझाव छ ।”

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार