पाल्पा तानसेनस्थित सेन माध्यमिक विद्यालयका संस्थापक तथा पूर्व प्रध्यानाध्यपक मीनबहादुर केसीको निधनभएको १३ औ दिनको पुण्यतिथि सम्पन्न भएको छ ।
पाल्पा जिल्लाको समग्र विकास प्रक्रियामा उल्लेखनिय योगदान पुर्याएका समाजसेवी मीनबहादुर केसीको ७८ वर्षको उमेरमा आफ्नै निवास पाल्पाको बसन्तपुरमा निधन भएको थियो । आफ्नो जिवनकालभरी शिक्षण पेशामा संलग्न केसीले पाल्पाको मौलिक साँस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको सरक्षणमा योगदान पुर्याउएका थिए।
उनी पाल्पालिहरु माँझ असल समाजसेविका रुपमा चिनिन्थे। उनको निधनपश्चात पाल्पावासीहरुले एक कर्मठ समाजसेवी गुमाउनुपर्दा समग्र जिल्लाले नै ठुलो क्षति व्यहोर्नुपरेको बताएका छन् ।
केसीको निधनको १३ दिनको पुण्यतिथिसम्म आइपुग्दा नेपाल शिक्षक संघ, तानसेन नगरपालिका, नेपालवाल संगठन, नेपाल रेडक्रस सोसाइटी पाल्पा , उद्योग वाणिज्य संघ, साँस्कृतिक अध्ययन प्रतिष्ठान, पाल्पा लायन्स क्लव ,सेन माध्यमिक विद्यालय, त्रिभुवन बहुमुखी क्याम्पस लगायत थुप्रै संघ सस्थाले उनको निधनमा श्रद्धान्जली व्यक्त गरेका थिए।