बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

सेनाका मेजरलाई डाँका मुद्दाको आरोप, के थियो घटना?

सेनाका मेजरलाई डाँका मुद्दाको आरोप, के थियो घटना?

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • सेनाका मेजरलाई डाँका मुद्दाको आरोप, के थियो घटना?

    नेपाली सेनाका कानुन विभागका सेनानी (मेजर) राजकुमार रञ्जितलाई डाँका मुद्दामा फरार रहेको आरोप लागेको छ । गएको असोजमा सर्वोच्च अदालतमा सेनाको तर्फबाट प्रतिरक्षा गर्न इजलासमा पुगेका थिए ।

    पूर्व महासेनानी (कर्नेल) महेन्द्रजंग शाहले आफूलाई कानून विपरीत अवकाश दिएको भन्दै हालेको रिटमा सेनाका तर्फबाट प्रतिरक्षा गर्न रञ्जितसहित सेनाको कानून विभागका अधिकृतहरूको इजलासमा बाक्लो उपस्थिति रहेकै बेला उनीमाथि सो आरोप लागेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको इजलास समक्ष पूर्व कर्नेल शाहले लिखित रुपमै आफनो भनाई राख्ने क्रममा सो आरोप लगाएका हुन् ।

    images
    images
    images

    प्रधानन्याधीश श्रेष्ठ र शर्माले उनलाई पाँच मिनेटमा कुरा राख्न समय दिएपछि शाहले रञ्जितमाथि सो आरोप लगाएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । उनले जिल्ला अदालत, काभ्रेले २०६३ सालमा रञ्जितलाई ‘फरार अभियुक्त’ करार गरेको फैसलाको प्रति पनि इजलासलाई बुझाएको स्रोतको दाबी छ ।

    images

    २०५७ सालमा काभ्रेको नालामा भएको डकैतीमा अदालतले रञ्जितलाई फरार भनेको थियो । रञ्जितसहित ५०–६० जनाको सशस्त्र समूहले यदुराज गिरीको घरबाट ३२ लाख ४९ हजार ८ सय रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेको आरोप लागेको थियो । घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका शरणप्रसाद पराजुली, तुल्सीनारायण श्रेष्ठ र कृष्णप्रसाद दाहालले भने सफाइ पाएका थिए । तर, रञ्जितसहितका प्रतिवादी अदालतको म्याद गुजारेकाले हाजिर हुन आएका वेला वा पक्राउ परेका बखत कारबाही प्रक्रियामा आउने गरी मुद्दा मुल्तबीमा राख्न अदालतले भनेको प्रति पनि इजलाशमा बुझाएका थिए ।

    बहसकै क्रममा सेनानी रञ्जितले मुद्दा हाल्ने व्यक्तिले सैनिक अनुशासनमा सजाय पाएको तर्क झिकेर ‘नैतिकहीनको’ को संज्ञा दिएपछि शाहले सो आरोप लगाएका थिए । पूर्वकर्नेल शाहले प्राड्विवाक प्रमुख उपरथी प्रेमप्रकाश थापा समेत जन्ममिति विवादमा परेको भन्दै आफूलाई अनैतिक भन्नेको नै नैतिकता नभएको जिकिर गरेका थिए ।

    थापाका २०२० भदौ १५ र २०२३ भदौ १५ दुई थरी जन्ममिति भेटिएका थिए । तर, थापाले उच्च अदालत पाटनमा उमेर सच्याई पाउँ भनी हालेको रिटमा २०२३ भदौ १५ कायम भएको थियो । बहसको अन्तिममा रिटकर्ता शाहले आफ्नो कुरा राख्न भन्दै प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश शर्माको इजलाससमक्ष समय मागेर सो जिकिर गरेका थिए । शाह सैनिक आचरण विपरीत काम गरेको भन्दै जंगी अदालतको कारबाहीमा परेका व्यक्ति हुन् । उपरथी प्रेम शाहीमाथि लागेको आर्थिक अनियमितताको विषयमा छानबिन हुँदा महासेनानी शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनासमेत तानिएका थिए । शाह र तिम्सिनाले उपरथी शाहीलाई सघाएको आरोप थियो ।

    २०७९ फागुन १८ गते समरी जनरल सैनिक अदालतले २७ लाख ५१ हजार ५५० रुपैयाँ असुलेर उपरथी शाहीलाई सेवाबाट बर्खास्त गर्ने तथा शाह र तिम्सिनालाई दुई वर्षसम्म बढुवा रोक्का गर्ने फैसला सुनाएको थियो । बढुवा रोक्कामा परेका शाहको म्याद थप नभएपछि उनलाई असोज २८ गते अवकाश दिइएको थियो ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार